Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निर्वाचन आयोगले प्रधानमन्त्रीलाई पनि बुझायो चुनावको अन्तिम प्रतिवेदन

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न निर्वाचनको अन्तिम परिणामको प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि बुझाएको छ ।

बिहीवार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

आयोगले बुधवार प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको परिणाम सार्वजनिक गरेको थियो। मंसिर ४ गते सम्पन्न भएको निर्वाचनको अन्तिम परिणाम बुधवार मात्रै सार्वजिनक भएको थियो।

आयोगले बिहीवार नै राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनलाई पनि प्रतिवेदन बुझाएको थियो ।

प्रतिनिधि सभा र प्रदेश सभाको नतिजा आएसँगै अब ३० दिन भित्र राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको अधिवेशन बोलाउने छिन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077