Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जंगलमा वृद्धाको हत्या गरेर लुटपाट गर्ने एक जना पक्राउ

काठमाडौं । प्रहरीले जंगलमा वृद्धाको हत्या गरेर लुटेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । मंसिर २२ मा तारकेश्वर नगरपालिका–६ पुसल घर भएकी ९० वर्षीया डिल्ली पुतुवार मृत भेटिएकी थिइन् ।

उनी तारकेश्वर–३ स्थित पारिवन पाखा सामुदायिक वनमा मृत भेटिएकी हुन् । पुतुवारको हत्या भएको अनुसन्धानबाट थाहा भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

हत्या आरोपमा प्रहरीले तारकेश्वर–६ घर भएका नरेन्द्र शिवभक्तिलाई पक्राउ गरेको छ। हत्या गरेर नरेन्द्रले मृतकको साथमा रहेको सुन र नगद लुटेको अनुसन्धानबाट खुलेको छ ।

मृतक वृद्धाले साथमा सँधै नगद राख्ने गरेको थाहा पाएर नरेन्द्रले ‘पारि गाउँमा राहत बाँड्न लागेको रहेछ, जाउँ’ भनेर उनलाई साथमा लिएर गएका थिए।

बीच जंगलमा पुगेपछि ढुंगाले हिर्काएर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । घटनाबारे थप अनुसन्धान र कारबाहीका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयले आरोपीलाई प्रहरी वृत बालाजुमा पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077