Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

अहिले दलहरुबीच सहमति र समझदारीको खाँचो छ : देव गुरुङ

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ निर्वाचनको परिणामले अहिलेको व्यवस्थामाथि नै प्रश्न उठाएको बताएका छन् ।

शुक्रबार सरकार गठन तथा समसामयिक राजनीति विषयमा आयोजित कार्यक्रममा बोल्दै महासचिव गुरुङले यस्तो बताएका हुन् ।

उनले भने, ‘यो निर्वाचनले केही नयाँ दलको पनि उदय भएको छ । ती दलको एजेण्डाबारे बोलेका छैनन् । तर, पुराना दलहरुको केही सीट घटेको छ । नयाँले दल जन्मनुको पछाडि राजनीतिमा केही संकेत देखिएको छ ।’

यो व्यवस्था जोगाउन नसके मुलुकमा अस्थिरता र अराजकता बढ्ने बताए । मुलुक संकटमा पुगेको बेलामा दलहरुबीच संवाद र सहकार्य गरेर जानुपर्ने बताए ।

उनले भने, ‘अहिले दलहरुबीच सहमति र समझदारीको खाँचो छ । यस्तो अवस्थामा एकले अर्कालाई निषेधको बाटोमा जानु हुँदैन । यो पनि एउटा परिक्षणको रुपमा रहेको छ । एकले अर्कालाई समाप्त पार्ने दिशातर्फ जान थाल्यो भने मुलुक गम्भिर समस्यामा पर्नसक्छ ।’

उनले कम्युनिष्ट आन्दोलन सोझो ढंगले अगाडि नबढेकोप्रति चिन्ता व्यक्त गरे

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077