Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

ट्राफिक नियम उल्ल‌घन गर्ने ४ सय ५६ चालक कारबाहीमा

काठमाडौं। ट्राफिक नियम उल्लघन गर्ने ४ सय ५६ जना चालक कारबाहीमा परेका छन्।

यातायात व्यवस्था विभागबाट नियमित अनुगमनको क्रममा ती चालकलाई कारबाही गरिएको हो।

कारबाहीमा परेका उनीहरुबाट मसिंर महिनामा मात्र सरकारले साढे तीन लाख राजस्व उठाएको विभागले जनाएको छ ।

नियम उल्लंघन गरेबापत १ सय १ वटा सवारी दर्ता किताब , र ३५५ वटा लाइसेन्स नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएको सो दर्ता किताब र लाइसेन्स जरिवाना तिरेर सवारीधनीले फिर्ता लिएका थिए ।

सोहीअनुसार मंसिर महिनाको अनुगमनबाट मात्र ३ लाख ४८ हजार ७ सय ५० रुपैयाँ ट्राफिक नियम उल्लंघन गर्नेबाट जरिवाना उठाएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077