Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उमेर खुलाएर सांसदहरूको विवरण पठाउन आयोगलाई संसद सचिवालयको पत्र

काठमाडौं । संसद् सचिवालयले नवनिर्वाचित सांसदहरुको उमेर खुलाएर विवरण पठाउन निर्वाचन आयोगलाई पत्राचार गरेको छ ।

आयोगले बिहीबार उपलब्ध गराएको विवरणमा जन्म मिति र उमेर नखुलेपछि संसद सचिवालयले आयोगलाई शुक्रबार पत्र पठाएको हो।

आयोगले पठाएको विवरणअनुसार जेष्ठ सदस्यलाई राष्ट्रपतिले शपथ गराउनुपर्ने भएकाले उमेरसहितको विवरण मागिएको संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए।

जेष्ठ सदस्यको सपथपछि अरू सांसदहरुले ज्येष्ठ सदस्यबाट शपथ लिनेछन् । प्रतिनिधिसभामा सभामुख चयन नहुँदासम्म ज्येष्ठ सदस्यले नै सभामुखको भूमिका निर्वाह गर्ने कानुनी व्यवस्था रहेको छ ।

संसदमा सात राजनीतिक दलले राष्ट्रिय मान्यता पाएका छन् भने १३ राजनीतिक दलको प्रतिनिधित्व हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077