Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सातै प्रदेशका प्रमुखलाई निर्वाचनको अन्तिम मतपरिणाम प्रतिवेदन बुझाउँदै आयोग

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ मा भएको प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणाम प्रतिवेदन आज सातै प्रदेशका प्रमुखलाई बुझाउने भएको छ ।

शनिबार आयोगका पदाधिकारीहरुले दिउँसो १ बजे सम्बन्धित प्रदेशका प्रमुखलाई भेटेर प्रतिवेदन बुझाउने भएको हो । यसका लागि आयोगका पदाधिकारी प्रदेशका राजधानी पुगिसकेको छन् ।

आयोगका अनुसार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रदेश १ को चुनावी परिणाम पेश गर्नु हुनेछ । यस्तै, आयुक्त सगुनशमशेर जबराले मधेश प्रदेश र सचिव गोकर्णमणि दुवाडी बागमती प्रदेशको चुनावी परिणाम पेश गर्नेछन् ।

यसैगरी, गण्डकीमा आयुक्त इश्वरीप्रसाद पौडेल, लुम्बिनीमा आयुक्त रामप्रसाद भण्डारी, कर्णालीमा सहसचिव यज्ञप्रसाद भट्टराई र सुदूरपश्चिम प्रदेशमा आयुक्त जानकीकुमारी तुलाधरले प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077