Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सातवटै प्रदेश प्रमुखसमक्ष निर्वाचन परिणामसहितको प्रतिवेदन प्रस्तुत

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रदेशसभा सदस्य चुनावको परिणामसहितको प्रतिवेदन सात वटै प्रदेशका प्रदेश प्रमुखसमक्ष प्रस्तुत गरेको छ ।

प्रदेशसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम प्रतिवेदन प्रस्तुत गरिएको हो ।

आयोगका प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरू, सचिव र सहसचिवसहितको टोलीले सबै प्रदेशका सदरमुकामस्थित प्रदेश प्रमुखको कार्यालयमा अलग(अलग रूपमा प्रतिवेदन बुझाएको हो।

प्रतिवेदन बुझाउन प्रदेश नम्बर १ मा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, गण्डकी प्रदेशमा आयुक्त ईश्वरीप्रसाद पौड्याल, लुम्बिनी प्रदेशमा आयुक्त रामप्रसाद भण्डारी, सुदूरपश्चिम प्रदेशमा आयुक्त डा जानकीकुमारी तुलाधर, मधेस प्रदेशमा आयुक्त सुगनशम्शेर जबरा, बागमती प्रदेशमा सचिव गोकर्णमणि दुवाडी र कर्णाली प्रदेशमा सहसचिव यज्ञप्रसाद भट्टराईको नेतृत्वमा आयोगको टोली ती प्रदेशमा पुगेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077