Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • इरानी फुटबलर अजादानीलाई मृत्युदण्ड दिइएको केही दिनमै अभिनेत्री पक्राउ

    इरानी फुटबलर अजादानीलाई मृत्युदण्ड दिइएको केही दिनमै अभिनेत्री पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ३ पुष २०७९
  • 1.5K
    SHARES

    एजेन्सी । इरानले एक प्रमुख अभिनेत्रीलाई शनिबार पक्राउ गरेको छ । हिरासतमा एक महिलाको मृत्यु भएपछि सुरु भएको तीन महिना लामो विरोध आन्दोलनलाई समर्थन गरेपछि ३८ वर्षीय तरानेह अलिदुस्ती पक्राउ परेका हुन् ।

    ‘झुटा र विकृत सामग्री प्रकाशित गरेको र अराजकता भड्काएको आरोपमा उनलाई गिरफ्तार गरिएको बताइएको छ । उनी सन् २०१६ को ओस्कार–विजेता फिल्म “द सेल्सम्यान’’ मा उनको भूमिकाको लागि सबैभन्दा बढी परिचित छिन्।



    अलिदुस्तीको सबैभन्दा भर्खरको सामाजिक सञ्जाल पोष्ट डिसेम्बर ८ मा भएको थियो, सोही दिन २३ वर्षीय मोहसेन शेकरीलाई मृत्युदण्ड दिइएको थियो।



    इरानको हिजाबविरोधी पछिल्लो प्रदर्शनमा मृत्युदण्ड दिइएका उनी पहिलो प्रदर्शनकारी हुन् । यस्तै महिला अधिकारको पक्षमा उभिएको भन्दै इरानले आफ्नो देशको व्यवसायिक खेलाडी अमिर नसर–अजादानीलाई पनि फाँसीको सजाय सुनाएको थियो । मृत्युदण्ड दिइएका उनी दोस्रो व्यक्ति हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार