Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

समानुपातिकबाट निर्वाचित सांसदलाई आज प्रमाणपत्र वितरण

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक तर्फका सांसदहरुलाई आज (आइतबार) प्रतिनिधि सभामा निर्वाचित भएको प्रमाणपत्र दिने भएको छ ।

आइतबार दिउँसो आयोग परिसर कान्तिपथबाट सबै राजनीतिक दलका समानुपातिक तर्फका सांसदहरुलाई प्रमाणपत्र दिन लागिएको आयोगले जनाएको छ ।

प्रदेश तर्फको समानुपातिकको प्रमाणपत्र भने प्रदेशगत रुपमा प्रदान गरिने भएको छ । प्रत्यक्ष तर्फका सांसदहरुलाई भने निर्वाचित भए लगत्तै प्रमाणपत्र दिने गरिन्छ ।

११० समानुपातिक सिटमा एमालेले ३४ सिट, कांग्रेसले ३२ सिट पाएको छ। यसैगरि माओवादीले १४ सिट पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट पाएको छ।

यता राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, जनता समाजवादी पार्टीले ५ र जनमत पार्टीले थ्रेस होल्ड कटाउँदै ५ सिट पाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077