काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ ।
अघिल्लो दिन प्रतितोला ९९ हजार ९०० मा कारोबार भएको सुन ६ सय रुपैयाँले बढेर १ लाख ५०० तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ छ । अघिल्लो दिन तेजाबी सुन प्रतितोला ९९ हजार ४०० रुपैयाँ थियो ।
यस्तै, चाँदी आज अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले बढेर एक हजार ३८० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।