Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माधव नेपाल भेटेपछि वामदेवको प्रतिक्रिया- मुलुक अब मध्यावधि निर्वाचनमा जान्छ

काठमाडौं । नेकपा राष्ट्रिय एकता अभियानका संयोजक तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले मुलुक अब मध्यावधि निर्वाचनमा जाने बताएका छन् ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको भेटवार्तापछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै गौतमले यस्तो बताएका हुन् ।

उनले अहिलेको निर्वाचनमा कसैको पनि बहुमत नआएको र संसद्मा दलहरुको उपस्थिति हेर्दा मुलुक मध्यावधि निर्वाचनमा जाने सम्भावना बढेर गएको दाबी गरे ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालाई भेट्न गौतम आइतबार बिहान आलोकनगरस्थित पार्टी कार्यालय पुगेका थिए ।

एकता राष्ट्रिय अभियानका संयोजक गौतम कम्युनिष्ट शक्तिहरुलाई एक गराउने अभियानमा जुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077