Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

सोमबार स्थिर रह्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साप्ताहिक कारोबारको तेस्रो दिन आज (मंगलबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य यथावत् रहेको छ।

मंगलबार पनि सोमबारको जस्तै दररेटमा सुन तथा चाँदीको कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ कायम भएको छ।

सोमबार सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढेको थियो। छापावाल सुन प्रतितोला १ लाख ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख रुपैयाँमा किनबेच भएको थियो।

यता चाँदीको मूल्य स्थिर रहेर प्रतितोला १ हजार ३८० रुपैयाँ प्रतितोला कायम भएको  महासंघले जनाएको छ। सोमबार भने चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077