Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सत्ताको लोभमा अर्को गठबन्धन बनाउन हुँदैन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले चुनाव सकिएपछि अर्को गठबन्धन बनाउन नहुने बताएका छन्।

नेपाल ट्रेड युनियन कांग्रेसले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री शर्माले अहिलेको गठबन्धनलाई जोगाएर जानुपर्ने बताएका हुन्।

नयाँ सरकार बनाउन कांग्रेस, माओवादी र एकीकृत समाजवादीका अध्यक्षहरु गम्भीर हुनुपर्ने उनको भनाई छ। उनले सबै दलले गठबन्धनको आवश्यकता र औचित्यलाई भूल्न नहुने धारणा राखे।

कुनै समय बहुमत प्राप्त गरेको कांग्रेस अहिले ठूलो दल हुनुमा माओवादी र समाजवादीको साथ र समर्थनलाई भुल्न नहुने शर्माले स्पष्ट पारे।

उनले प्रधानमन्त्री आलोपालो हुने भएकाले गठबन्धनकै प्रक्रिया भित्रबाट जानुपर्ने र राष्ट्रपति तथा सभामुखको चयन हुँदै गर्दा आवश्यक राख्ने सहमति, सन्तुलन, परिपक्वताका आधारमा निष्कर्षमा पुग्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077