काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेताको चयनका लागि मनोनयन दर्ता भएको छ । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र शेखर गगन समूहबाट महामन्त्री गगनकुमार थापाको उम्मेदवारी दर्ता गराएका हुन् ।
देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रस्तावक गरेका भने उपसभापति पूर्णबहादुर खड्काले समर्थन जनाएका छन्।
त्यस्तै, गगन थापाको प्रस्तावकमा डा.शेखर कोइराला र समर्थकमा धनराज गुरुङ र विश्वप्रकाश शर्मा रहेका छन् ।
दलको नेताकाले निर्वाचनमा वुधबार बिहान ८ बजेदेखि १० बजेसम्म हुनेछ । कांग्रेस संसदीय दलको नेताका लागि बिहीबार निर्वाचन हुँदैछ।
उम्मेदवारको अन्तिम नामावली आज नै प्रकाशन गर्ने कार्यक्रम छ। उम्मेदवारीका साथ बुझाउनुपर्ने शुल्क समितिले ५१ हजार रुपैयाँ रहेको निर्वाचन समितिले जनाएको छ।