Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

‘वान् एक्स बेट’ मार्फत सट्टेबाजी गराउने थप एक जना पक्राउ, १ करोड करोड बढीको कारोबार

काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगितामा सट्टेबाजी गराएको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जनालाई पक्राउ गरेको छ ।

यसअघि ६ जनालाई पक्राउ गरेको प्रहरीले फेरि काठमाडौं महानगरपालिका २० भिमसेनस्थान बस्ने ४३ वर्षीय सुजन गौलीलाई पक्राउ गरेको हो ।

विश्वकप लगायतका अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा वान् एक्स बेटलगायतका एप मार्फत सट्टाबाजी गराई रकम संकलन गर्ने एजेन्टका रुपमा उनी सक्रिय रहेको खुलेको छ ।

श्रेष्ठलाई सोमबार महानगरपालिका १९ मरूटोलबाट नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

श्रेष्ठले रकम संकलन गर्न इसेवा र विभिन्न बैंक मार्फत १ करोड ४ लाख ५३८रुपैँया कारोबार भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

यसैगरी प्रहरीले एप्पल कम्पनिको मोेबाईल, प्रविन श्रेष्ठको नाममा काटिएको कुमारी बैंक लिमिटेडको ५ लाख रूपैयाँको चेक र हिमालयन बैंक लिमिटेडमा जम्मा गरेको ४० हजारको डिपोजिट स्लिप बरामद गरेको छ ।

सट्टेबाजी गराउन श्रेष्ठले ह्वाट्स एप मार्फत कुराकानी गरेको भेटिएको छ । आरोपीहरु विरुद्ध मुलुकी अपराधसंहिताको दफा–१२५ को उपदफा–४ अनुसार सट्टेबाजी गर्न नपाउने कसुरमा म्याद लिएर अनुसन्धान सुरु गरिएको छ ।

यस अघि प्रहरीले मंसिर २४ मा पाल्पाको रैनादेवी छहरा–४ घर भएर बूढानीलकण्ठ बस्ने रुद्र प्रसाद पोखरेल र भारत राजस्थानका पवन कुमार शर्मालाई पक्राउ गरेको थियो ।​

त्यस यता सानेपाका २० वर्षीय सिभिल इन्जिनियरिङ अध्ययनरत आदर्श ठाकुर, लमजुङ घर भएका सुजन गौली, भक्तपुरको चाँगुनारायण घर भएका ३१ वर्षीय सुनिल चौगुठी र सूर्यविनायक नगरपालिका–८ घर भएका २५ को अजय भेलेलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077