Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बैंकिङ्ग कसुर मुद्दामा ११ लाख जरिवाना तोकिएका कार्की पक्राउ

काठमाडौं । बैंकिङ्ग कसुर मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेको बनेपा नगरपालिका–१ घर भएका श्रीकृष्ण कार्की छन् ।

उच्च अदालत पाटनले २०७७ पुस २८ मा कार्कीलाई ११ लाख ९५ हजार जरिवाना र ७ दिन कैद सजाय हुने फैसला गरेको थियो ।

फैसलापछि फरार कार्कीलाई पक्राउ गरेर जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077