Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सोलुखुम्बुको नेले बजारमा भीषण आगलागी, आगो नियन्त्रण बाहिर

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-१ स्थित नेले बजारमा भीषण आगलागी भएको छ । आज अपरान्ह ४ बजेदेखि सुरु भएको आगलागीबाट पाँच घर जलेर नष्ट भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार बुद्धि बहादुर कार्कीको घरबाट विद्युत सर्ट भएर सुरु भएको आगोले बुद्धि बहादुरको घरसहित कल्पना बस्नेत, रमेश बस्नेतको दाजुभाईको घर नष्ट भइसकेको छ भने प्रणय राईको घरमा समेत आगो सल्किएको छ ।

आगो नियन्त्रणका लागि अहिले स्थानीय र प्रहरीले पहल गरिरहेका छन् ।

आगो नियन्त्रणका लागि जिल्लाबाट प्रहरी निरीक्षक अनील मिश्रको नेतृत्वमा प्रहरी टोलीसहित सोलुदुधकुण्ड नगरपालिकाको दम्कल प्रस्थान गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077