Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एनएसएलका लागि नयाँ सम्झौता, ८ वर्षमा एन्फाले १७ करोड २१ लाख रुपैयाँ पाउने

काठमाडौं । फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) सञ्चालनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले र एनएसएल आयोजक नेपाल इभेन्ट म्यानेजमेन्ट कम्पनी प्रालिबीच नयाँ सम्झौता भएको छ ।

मंगलबार एक कार्यक्रमबीच एन्फा महासचिव किरण राई र नेपाल नेपाल इभेन्ट म्यानेजमेन्ट कम्पनी प्रालिका अध्यक्ष आश्रयता कार्की चौधरीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । करिब ८ वर्षका लागि सम्झौता गरिएको हो ।

यो अवधिका लागि संघले प्रतियोगिताको सम्पूर्ण अधिकार दिएवापत प्रालिले १७ करोड २१ लाख रुपैयाँ उपलब्ध गराउने छ।

सोमबार भएको सम्झौता कार्यक्रममा पहिलो सिजनका लागि उपलब्ध गराउनुपर्ने १ करोड ५० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ ।

नेपाल सुपर लिग फुटबलको पहिलो संस्करण सम्पन्न भए पनि विवादका कारण दोस्रो संस्करण सुरु हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077