काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा भाग लिएका उम्मेदवारलाई निर्वाचन खर्च बुझाउन अनुरोध गरेको छ ।
मंगलबार एक सूचना जारी गर्दै आयोगले अन्तिम नतिजा सार्वजनिक भएको ३५ दिनभित्र अनवार्य खर्च विवरण बुझाउन अनुरोध गरेको हो ।
आयोगका अनुसार प्रदेश वा जिल्ला निर्वाच कार्यालयमा खर्च विवरण बुझाउन सकिन्छ ।
निर्वाचनको खर्च विवरण समयमा नबुझाउने उमेदवारलाई प्रचलित कानुन बमोजिम कारबाही हुने चेतावनी दिएको छ ।