काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख १२ सय रूपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै सुनको मूल्य तोलामा १ लाख १२ सय रूपैयाँ पुगेको जानकारी दिएको हो ।
त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ७०० रुपैयाँ कायम छ । हिजो मङ्गलवार सुनको मूल्य तोलामा १ लाख ४०० र तेजाबी सुनको मूल्य तोलामा ९९ हजार ९०० रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज तोलामा २५ रुपैयाँले बढेर चाँदीको मूल्य १४ सय रुपैयाँ पुगेको छ ।