Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा आज पेशी तोकियो

    सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा आज पेशी तोकियो

    अनलाइन नेपाल
  • बिहिबार, ७ पुष २०७९
  • 987
    SHARES

    काठमाडौं । नावालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालतको आदेश विरुद्धको पुनरावेदन मुद्दामा आज पेशी तोकिएको छ ।

    नबालिका जबरजस्ती बलात्कार मुद्दामा जेल चलान भएका लामिछानेका कानुन व्यवसायीले गत मंसिर २९ गते दर्ता गरेका मुद्दाको पेशी आजका लागि तोकिएको हो ।



    पीडित भनिएकी किशोरीको २ वटा जन्मदर्ताको कागज बोकेर कानुन व्यवसायी उच्च अदालत गएका हुन् । उच्चअदालतमा दिएको निवेदनमा किशोरीको उमेर १८ वर्ष माथि रहेको दाबी गरिएको छ ।



    नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि उनलाई प्रहरीले गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रक्राउ गरी हिरासतमा राखेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार