काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्य बढको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो ।
आज छापावाल सुन तोलाको एक लाख एक हजार ५०० रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाल सुनको मूल्य तोलाको एक लाख एक हजार २०० रुपैयाँ थियो ।
बिहीबार तेजाबी सुन तोलाको एक लाख एक हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढ्दै प्रतितोला १४ सय ५रुपैयाँ कायम भएको छ। बुधबार चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस १८१९.८ डलरमा कारोबार भइरहेको छ। चाँदी प्रतिऔंस २४.०६ डलर कायम छ।