Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

राष्ट्रपतिको भूमिकाबारे संसदमा छलफल हुनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपतिको भूमिकाबारे नयाँ संसदमा छलफल हुनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभा सदस्यको सपथ लिएपछि महामन्त्री थापाले यस्तो बताएका हुन् ।

उनले संसदबाट पास भएको विधेयक राष्ट्रपतिले आफूलाई ठीक वा बेठिक लागेको आधारमा रोक्न थाल्ने हो भने संसदको सार्वभौमसत्ता खोसिने बताए ।

उनले भने, ‘राष्ट्रपतिको भूमिकाबारे संसदमा छलफल हुनुपर्छ ।’ सरकारले हालै मात्र ल्याएको अध्यादेश संसदमा आउँदा आफूले विपक्षमा मत दिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077