Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँ घट्यो, कति पुग्यो तोलाको ?

काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९९ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ ।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार रुपैयाँ निर्धारण भएको थियो ।

यता, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर १३ सय ९० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य १४ सय ५ रुपैयाँ कायम रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077