Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • दुबई पठाईदिन्छु भन्दै २ लाख ठगी गर्ने अधिकारी पक्राउ

    दुबई पठाईदिन्छु भन्दै २ लाख ठगी गर्ने अधिकारी पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ८ पुष २०७९
  • 660
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुबई पठाईदिन्छु भन्दै लाखौ ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा झापाको मेची नगरपालिका ३ घर भई काठमाडौंको कोटेश्वर बस्ने ३४ वर्षिय निलकण्ठ अधिकारी रहेका छन् ।



    पक्राउ परेको अधिकारीले हर्क बहादुर बस्नेतलाई वर्किङ भिषामा वैदेशिक रोजगारीका लागि दुबई पठाई दिने भन्दै दुई लाख ८७ हजार ठगी गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।



    अधिकारी ठगी गरेर फरार भएपछि वैदेशिक रोजगार विभागले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराइदिन भन्दै पत्र लेखेको थियो ।

    पत्र पाए लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले आचार्यलाई आज ललितपुरको महालक्ष्मी नगरपलिका टिकाथलीबाट पक्राउ गरेको जनाएको छ ।

    पक्राउ परेका आचार्यलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाईएको पनि प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार