Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

धरानलाई आहा-रारा गोल्डकप खेल्न नदिन मनाङ मर्स्याङ्दीको माग

काठमाडौं । आहा रारा पोखरा गोल्डकपको २२ औँ संस्करणमा प्रतिस्पर्धा गर्न लागेको धरानको टोली धरान फुटबल क्लबविरुद्ध उजुरी परेको छ।

क्लबविरुद्ध मनाङले नेपाल फुटबल संघ (एन्फा) मा पुरस्कार रकम नदिएको भन्दै उजुरी गरेको हो। क्लबका अध्यक्ष विजय घलेद्वारा लेखिएको पत्र एन्फाले शुक्रवार १३१ नम्बरमा दर्ता गरेको छ।

पत्रमा धरान फुटबल क्लबद्वारा २०७६ फागुन १० गतेदेखि १७ गतेसम्म आयोजित २२ औँ बुढासुब्बा टुबोर्ग गोल्डकपमा विजेता भएर पनि अझैसम्म पुरस्कार रकम उपलब्ध नगराएको उल्लेख छ।

विजेताका लागि तोकिएको सात लाख रुपैयाँ नदिएसम्म धरानलाई पोखरामा हुने आहा–रारा पोखरा गोल्डकपमा सहभागी हुन नपाउने व्यवस्था गरिदिन अनुरोध गरिएको छ।

आहा रारा पोखरा गोल्डकपमा सहभागी हुन आइपुगेको धरान एफ।सी आयोजक सहारा क्लबको टाई सिटमा परिसकेको छ। पोखरा रंशालामा हुने खेलमा पहिलो दिन पुस १४ गते नै धरान फुटबल क्लबले आयोजक सहारा क्लब पोखरासँग प्रतिस्पर्धा गर्दै छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077