Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अफगानिस्तानमा महिलालाई एनजीओमा काम गर्न प्रतिबन्ध

एजेन्सी । अफगानिस्तानको तालिबान सरकारले सरकारी तथा गैरसरकारी संस्थामा महिलालाई काम गर्न पनि प्रतिबन्ध लगाएको छ ।

सबै राष्ट्रिय तथा अन्तर्राष्टिस संस्थाहरुमा काम गर्ने महिलाहरुले उचित ड्रेस कोड पालना नगरेको भन्दै महिलाहरुलाई त्यस्ता संस्थामा काम गर्नबाट रोक लगाइएको हो ।

अफगानिस्तानको अर्थ मन्त्रालयले महिलालाई काम नलगाउन निर्देशन गर्दै सबै गैरसरकारी संस्थाहरूलाई पत्र पठाइएकोछ ।

अफगानिस्तानको अर्थ मन्त्रालयका प्रवक्ताले उक्त आदेशबारे पुष्टि गर्दै सरकारको निर्देशनलाई पालना गर्न सबै संघ–संस्थासँग आग्रह गरेको छ । तालिबान सरकारले हालै महिलालाई विश्वविद्यालय जान रोक लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077