काठमाडौं । साताको पहिलो दिन सुनको मूल्य थोरै बढेको छ।
तोलामा २ सय रुपैयाँ बढ्दै बजार मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गत शुक्रवार सुन एकै दिन तोलामा १२ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ३ सय रुपैयाँमा कारोबार भएको थियो।
सुनको मूल्य केही दिनयता क्रमिक बढ्दै प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो।
चाँदीको मूल्य आइतबार प्रतितोला १३ सय ९० रुपैयाँमा स्थिर छ। शुक्रबार तोलामा १५ रुपैयाँले घटेर उक्त मूल्य कायम भएको थियो।