Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सरकारमा जाने नजाने छलफलमै छौं, आजको बैठकपछि निर्णय गर्छौं : रवि लामिछाने

काठमाडौं । रवि लामिछानेको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारमा जाने संकेत गरेको छ।

नयाँ बानेश्वरमा सुरु हुन लागेको नयाँ सत्तासमीकरणको बैठकमा सहभागी हुने क्रममा राश्वपाका सभापति रवि लामिछानेले सरकारमा सहभागी हुने संकेत गरेका हुन्।

उनले भने, 'अहिले हामी छलफलमा जाँदैछौं। कुनै निर्णय भएको छैन। दलको बैठकमा सरकारलाई समर्थन र सहभागी हुने निर्णय गरेका छौं। आजको नयाँ समीकरणको बैठकमा छलफलपछि बाँकी कुरा बताउँला।'

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको समर्थन आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'प्रधानमन्त्री बनेका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई रास्वपाले पनि प्रधानमन्त्रीमा समर्थन गरेको छ । रास्वपा सरकारलाई समर्थन गर्ने तेस्रो ठूलो दल हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077