Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

गगन थापा भन्छन् - सरकार निर्माणबारे सभापतिले सल्लाह नगर्दा अपमानित भएँ

पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू अपमानित भएर पोखरा आएको टिप्पणी गरेका छन् ।

लिटरेचर फेस्टिभलमा ‘राजनीतिमा समाजको ऐना’ बहसमा सहभागी महामन्त्री थापाले यस्तो बताएका हुन् । महामन्त्री थापाले गठबन्धन टुटेकोमा सभापति शेरबहादुर देउवाप्रति असन्तुष्ट जनाए ।

थापाले भने, ‘मैले समचार के पढेँ,सभापतिले पार्टीसँग छलफल गर्छु त्यसपछि गठबन्धनको बैठकमा निर्णय गर्छु भन्नुभएछ ।  त्यो पार्टीभित्र त म पनि अनिवार्य पर्छु । मलाई लागेको थियो मैले बेलुकाको यो कार्यक्रमको सत्र चाहिँ छुट्छ होला ।

बेलुकाको त्यो बैठकमा म हुनुपर्छ । त्यसैले यहाँ छुट्छ होला जस्तो लागेको थियो । पार्टी कार्यालयमा होइन निवासमा भइरहेको छलफल । उहाँको घरमा नबोलाई जाने कुरा पनि भएन ।’

गठबन्धनको बैठकमा आफूलाई खबर आउँछ भनेर पोखरा जानुपर्ने प्लेनको टिकट सारेर २ बजेसम्म कुरेको उनले बताए । उनले पार्टीका कार्यकर्तालाई हिजोबाट एउटा हारजितको प्रकरण सकिएको बताए । कांग्रेस फेरि उठ्ने र उठाउन आफू सक्रिय भएर लाग्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077