Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इंग्लिस प्रिमियर लिग : शीर्ष स्थानमा आर्सनललाई ७ अंकको अग्रता

एजेन्सी । इंग्लिस प्रिमियर लिगको अंक तालिकमा आर्सनलले सात अंकको अग्रता बनाएको छ। गएराति भएको खेलमा वेस्टह्यामलाई ३-१ गोलको पुनरागमन जित निकाल्दै आर्सनलले फराकिलो अग्रता बनाएको हो ।

वेस्टह्यामलाई पराजित गर्दै आर्सनलले शीर्ष स्थानमा दोस्रो स्थानको न्युक्यासल भन्दा ७ अङ्कको अग्रता छ । आर्सनलले विश्वकपपछि पनि आफ्नो रवाफ कायम राखेको छ। ​

वेस्टह्यामविरुद्ध उत्कृष्ट लयमा देखिएको आर्सनल खेलमा अग्रता भने वेस्टह्यामले लिएको थियो । पाहुना टोलीका लागि साइद बेनराहमाले गोल गरे ।

घरेलु मैदान इमिरेट्समा आर्सनललाई जिताउन बुकायो साका, गाब्रिएल मार्टिनेली र एडी निकाटियाले गोल गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077