Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कोरानाको व्यवस्थापनलाई ‘डाउनग्रेड’ गर्दै चीन, जनवरीदेखि क्वारेन्टिनमा बस्न नपर्ने

काठमाडौं । कोरोना संक्रमणको नयाँ लहर बढिरहे पनि चीनले कोभिड-१९ को कडाइलाई कम गर्ने भएको छ । आगामी वर्षको जनवरी ८ देखि कोभिड-१९ को ‘क्लास ए’ व्यवस्थापनलाई ‘क्लास बी’मा झार्ने तयारी गरिएको राष्ट्रिय स्वास्थ्य आयोगले घोषणा गरेको हो ।

आगामी ८ जनवरीदेखि चीन जाने विदेशी यात्रुहरु क्वारेन्टिनमा बस्नुपर्ने छैन । त्यस्तै, अब कोभिड-१९ का बिरामीहरूलाई समेत क्वारेन्टाइनको आवश्यकता पर्ने छैन ।

कोभिड-१९ व्यवस्थापनलाई ‘डाउनग्रेड’ गरिसकेपछि संक्रमणका आधारमा उच्च जोखिम क्षेत्रहरू पनि वर्गीकरण नगरिने आयोगले बताएको छ । सन् २०२०को मार्च महिनायता चीन जाने सबै विदेशी यात्रुहरुलाई क्वारेन्टिनमा बस्नुपर्ने नियम थियो ।

यद्यपि क्वारेन्टिमा बस्नुपर्ने अवधि सुरुमा तीन हप्ता रहे पनि त्यसलाई घटाउँदै पाँच दिनमा कायम गरिएको थियो । चीन सरकारले केही दिनयता लगातार कोभिडसँग सम्बन्धित प्रतिबन्धहरु खुकुलो बनाउँदै लगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077