Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

सुन तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७ सय रुपैयाँमा कारोबार हुँदै

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको चाहिँ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ५ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार २ सयले बढेर एक लाख ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य दुई दिनदेखि स्थिर छ। १५ रुपैयाँले घटेर आइतबार प्रतितोला १३ सय ९० रुपैयाँ भएको थियो। मंगलबार पनि यही मूल्यमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077