Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रचण्ड प्रधानमन्त्री भएलगत्तै चीनले खोल्यो नाका, नेपाली वस्तु हुन थाल्यो निर्यात

    प्रचण्ड प्रधानमन्त्री भएलगत्तै चीनले खोल्यो नाका, नेपाली वस्तु हुन थाल्यो निर्यात

    अनलाइन नेपाल
  • मंगलबार, १२ पुष २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । चीनले नेपाली वस्तु निर्यात गर्न सक्नेगरी रसुवागाढी नाका खुला गरेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधामन्त्री भएलगत्तै चीनले नाका खुलाएको हो ।

    रसुवा भन्सार कार्यालयका अनुसार ३५ महिनादेखि बन्द रहेको नाका चीनले मंगलबारदेखि खुला भएको छ । कोरोना महामारी सुरु भएयता पहिलो पटक नेपाली वस्तु निर्यात गर्न सक्नेगरी नाका खुला भएको बताइएको छ ।



    नाका खुलेको पहिलो दिन नेपालबाट ५० लाख ७० हजार रुपैयाँ बराबरको वस्तु नाकाबाट निर्यात भएको भन्सार कार्यालयले जनाएको छ ।



    कोरोना महामारीपछि रसुवागढी नाकाबाट सामान निर्यात र मानिसको आवतजावत भने २०७६ माघ १५ देखि नै बन्द थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार