एजेन्सी । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनले रुसी प्रस्ताव पूरा नगरे रुसी फौजले निर्णय गर्ने चेतावनी दिएका छन् । उनले युक्रेन युद्ध अन्त्यका लागि मस्कोका प्रस्ताव किभले अस्वीकार गरिरहेको बताएका हुन् ।
“युक्रेन युद्ध अन्त्यका लागि मस्कोका प्रस्तावहरू किभलाई सर्वविदितै छ । तसर्थ युक्रेनले आफ्नो भलाइका लागि हाम्रा प्रस्तावलाई पूरा गर्नुपर्छ । अन्यथा रुसी फोजले निणर्य गर्नेछ ।
हाम्रो प्रस्तावहरू भनेका युक्रेनी सरकारबाट नियन्त्रित भूभागहरूको निशस्त्रीकरण र गैर फासीवाद गर्नु तथा हाम्रा भूमिहरू लगायत त्यहाँका अन्य क्षेत्रबाट रुसको सुरक्षामा आइरहेको खतराको अन्त्य गर्नु रहेका छन्,' लाभरोभलाई उद्धृरित गर्दै रुसी समाचार एजेन्सी तासले लेखेको छ,
मस्कोले युक्रेनमाथिको आफ्नो आक्रमणलाई आफ्नो छिमेकी राष्ट्रलाई निशस्त्रीकरण र गैरनाजीकरण गर्नका लागि भइरहेको 'विशेष सैनिक कारबाही' बताउँदै आएको छ ।