Online Nepal
  • शनिबार, १९ जेष्ठ २०८१
  • हात्तिवनमा माधव, प्रचण्ड र यादवबीच वार्ता, सकारमा भित्र्याउने र एमालेमै फर्काउने तयारी

    हात्तिवनमा माधव, प्रचण्ड र यादवबीच वार्ता, सकारमा भित्र्याउने र एमालेमै फर्काउने तयारी

    अनलाइन नेपाल
  • बुधबार, १३ पुष २०७९
  • 795
    SHARES

    काठमाडौ । नयाँ सत्ता समीकरण बनेपछि सत्ता गठबन्धनमा एकीकृत समाजवादीलाई भित्र्याउने तयारी भएको छ ।

    हात्तिबनस्थित प्रचण्डका आफन्तको निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच नेताबिच केहीबेर अघिदेखी वार्ता भएको हो ।



    प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने संकेत गरेको एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउने प्रयास भइरहेको छ।



    उपेन्द्र यादवलाई पनि सरकारमा सहभागी गराउने प्रयत्न भइरहेको छ । प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई मिल्न आग्रह गरिरहेका छन् । प्रचण्डले नै उनीहरुबीच भेटवार्ता गराउन मध्यस्थतामा लागेका छन्।

    पार्टी विभाजनपछि पहिलोपटक प्रधानमन्त्रीको शपथग्रहण समारोहमा शीतल निवास पुगेका ओली-नेपालबीच संवाद भएको थियो। भने बुधबार साँझ उपप्रधानमन्त्री समेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेल र माधव नेपालबीच पनि वार्ता भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार