काठमाडौं । साप्ताहिक कारोबारको चौथो दिन आज (बुधबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य बढेको छ।
बुधबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
तेजावी सुन प्रतितोला एक लाख ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेर प्रतितोला १ हजार ३९० रुपैयाँ कायम भएको छ।