Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

ट्राफिक चेकिङका क्रममा १०७ जना चालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहानै गरिएको विशेष चेकिङको क्रममा १०७ जना चालकहरु ट्राफिक प्रहरीकोे कारवाहीमा परेका छन् ।

जसमा कागजपत्र साथमा नबोकेका ७ जना र अवस्था ठिक नभएका सवारी साधन चलाउने १० जना गरी १७ जना पानी बोक्ने गाडीका चालक कारवाहीमा परेका हुन् ।

त्यस्तै ट्राफिक नियम उल्लंघन गर्ने ८ ओटा स्कुल बसका चालकलाई पनि कारवाही गरीएको छ । सवारीको अवस्था ठिक नराख्ने ३ जना, झ्यालमा डण्डी नराख्ने ३ जना र कागजपत्र साथमा नबोक्ने २ जना गरी ८ जना स्कुल बसका चालकहरु रहेका छन् ।

यो सँगै कागजपत्र साथमा नबोकेका १ जना एम्बुलेन्स चालक र ८१ जना अन्य चालकलाई पनि विविध कसुरमा कारवाही गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077