Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दुई दिन उत्साहित सेयर बजार ११ अकंले घट्यो, कारोबार रकम २ अर्ब बढी

काठमाडौं । लगातार दुई दिन बढेकाे शेयर बजार आज (बुधवार) भने घटेकाे छ ।

साेमवार ५६ र मङ्गलवार ५९ अङ्कले बढेकाे शेयर बजार परिसूचक नेप्से आज भने ११ दशमलव ८१ अङ्कले घटेर एक हजार नाै सय ७२ दशमलव १५ विन्दुमा झरेकाे छ ।

यद्यपी बजार घटेपनि कारोबार रकम भने राम्रो नै देखिएको छ । बुधबार ६५ लाख कित्ता सेयर किनबेच हुँदा दुई अर्ब १५ करोड रुपैयाँको कारोबार भएको छ ।

आज फाइनान्स, जलविद्युत्, बीमा र म्युचल फन्ड समूहबाहेक सबै समूहकाे शेयर घटेकाेमा हाेटल तथा पर्यटन, माइक्राेफाइनान्स र विकास बैंक समूहकाे शेयर उच्च अङ्कले ओरालाे लागेकाे छ ।

घट्दो बजारमा पनि ६० कम्पनीको सेयर मूल्य बढेको छ भने १४९ कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै सेन्ट्रल फाइनान्स, प्रभु लाइफ इन्स्योरेन्स, धौलागिरि लघुवित्त, खप्तड लघुवित्त, सृजनशील लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेकर लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077