Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नक्कली नोटसहित एक जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रकाउ पर्नेमा बाराको आदर्श कोटवाल गाउँपालिका ५ घर भई काठमाडौंको तार्केश्वर बस्ने वर्ष ४९ का शेख निसम अख्तर रहेका छन् ।

अख्तरलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली नोट चलन चल्तीमा ल्याई कारोबार गर्ने गरेको भन्ने सुचनाका आधारमा तारकेश्वर नगरपलिका ४ बाट पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीलले १ हजार नेपाली दरको ४ वटा नक्कली नोट बरामद गरेको छ । अख्तरलाई पक्राउ गरी मुलुकी अपराध सहिंता, २०७४ को मुद्रा सम्बन्धि कसुरमा थप अनुसन्धानको लागि प्रहरी वृत्त बालाजु पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077