Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा तीन जनाको उम्मेदवारी

    कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा तीन जनाको उम्मेदवारी

    अनलाइन नेपाल
  • बिहिबार, १४ पुष २०७९
  • 600
    SHARES

    विराटनगर । नेपाली कांग्रेस को प्रदेश १ संसदीय दलको नेताका लागि तीन जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेहरूमा उद्धव थापा, अमृत अर्याल र केदार कार्की रहेका छन् ।

    नेपाली कांग्रेसको प्रदेश पार्टी कार्यालय विराटनगरमा निर्वाचन कार्यक्रम राखिएको छ । तीन जनामा कार्कीलाई पार्टीका वरिष्ठ नेता डा. शेखर कोइराला र थापालाई पार्टी सभापति शेरबहादुर देउवाको समूहको समर्थन छ।



    कार्कीले मोरङको क्षेत्र नम्बर ६ को २ बाट चुनाव जितेका हुन्। त्यस्तै, अर्याल पनि मोरङकै क्षेत्र नम्बर ५ को २ का सभासद् हुन्। थापा समानुपातिक तर्फबाट प्रदेश सांसद भएका हुन्।



    प्रदेश १ मा नेपाली कांग्रेसका २९ जना सांसद रहेका छन्। जसमा ९/९ जना संस्थापनको देउवा र सिटौला समूहका र ११ जना संस्थापन इतर समूहका रहेको दावी गरिएको छ।

    कांग्रेस संसदीय दलको विधान अनुसार दलको नेताका लागि ५० प्रतिशत बढी मत ल्याउनुपर्ने व्यवस्था छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार