Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

साईप्रस पठाईदिन्छु भन्दै ६ लाख ठगी गर्ने लुहार पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले साईप्रस पठाईदिन्छु भन्दै लाखौ ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कञ्चनपुरको भिमदत्त नगरपालिका ६ घर भई पुरानो बानेश्वर बस्ने ३० वर्षिय विनोद लुहार रहेका छन् ।

पक्राउ परेको लुहारले शौरभ नेपाललाई वर्किङ भिषामा वैदेशिक रोजगारीका लागि साईप्रस पठाई दिने भन्दै ६ लाख ठगी गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

आचार्यले मासिक १ लाख ५० हजार रुपैयाँ कमाई हुने भन्दै नेपालसंग प्रति व्यक्ति १६ लाख रुपैयाँ मागेका थिए ।

लुहार ठगी गरेर फरार भएपछि वैदेशिक रोजगार विभागले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराइदिन भन्दै पत्र लेखेको थियो ।

पत्र पाए लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले लुहारलाई आज नयाँ बानेश्वरबाट पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका लुहारलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाईएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077