Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता, के भयो कुराकानी ?

    प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता, के भयो कुराकानी ?

    अनलाइन नेपाल
  • बिहिबार, १४ पुष २०७९
  • 969
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकी राजदूत डीन थम्पसनबीच भेटवार्ता भएको छ । उनीहरुबीच बिहीबार अपरान्ह बालुवाटारमा भेटवार्ता भएको हो ।

    माओवादी अध्यक्षसमेत रहेका प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि बधाई दिन राजदूत थम्पसन बालुवाटार पुगेको बताइएको छ ।



    भेटमा नेपाल र अमेरिकाको पारस्परिक सम्बन्धका विषयमा दुईबीच छलफल भएको बुझिएको छ ।



    सरकारलाई अमेरिकाले प्रदान गरेको विभिन्न परियोजनाका विषयमा पनि छलफल भएको बताइएको छ ।

    प्रचण्ड संसदको दोस्रो ठूलो दल नेकपा एमालेको समर्थनमा गत आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार