Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

तमु ल्होसारमा दिने आर्थिक सहयोग दोब्बर बनाउने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तमु ल्होसारका अवसरमा सरकारले दिँदै आएको आर्थिक सहयोग यो वर्ष दोब्बर बढाउने घोषणा गरेका छन् ।

शुक्रबार काठमाडौंको टुँडिखेलमा आयोजित तमु ल्होसार कार्यक्रमलाई संक्षिप्तमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सहयोग रकम बढाएर दिने घोषणा गरेका हुन् ।

यसअघि आफ्नै पालामा तमू ल्होसारमा सहयोग गर्न सुरुवात गरेको स्मरण गराउँदै प्रचण्डले त्यसपछि बनेका सरकारले रोकेकामा अब दोब्बर दिने बताए ।

उनले भने, ‘यसअघि सहयोग रोकिएकाले म दोब्बर सहयोग गर्नेछु ।’ छोटो मन्तव्य राखेर कुर्सीमा बसिसकेका उनले दोर्याएर माइकमा गएर सो घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077