Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • चीनको नयाँ विदेशमन्त्रीमा छिन काङ नियुक्त

    चीनको नयाँ विदेशमन्त्रीमा छिन काङ नियुक्त

    अनलाइन नेपाल
  • शुक्रबार, १५ पुष २०७९
  • 966
    SHARES

    काठमाडौं । चीनको विदेशमन्त्रीमा छिन काङ नियुक्त भएका छन् । उनलाई राष्ट्रपति सी चिनफिङले विदेशमन्त्रीमा नियुक्त गरेका हुन् ।

    यसअघि छिन अमेरिकाका लागि चिनियाँ राजदूत थिए । यसअघि विदेशमन्त्री वाङ यी थिए ।



    २०२१ जुलाईमा अमेरिकाका लागि उनी ११औं चिनियाँ राजदूतका रूपमा नियुक्त भएका थिए।



    चिनियाँ परराष्ट्र मन्त्रालयमा एक कुशल कूटनीतिज्ञका रूपमा परिचित छिनले विदेश मन्त्रालयको प्रवक्ताको समेत जिम्मेवारी सम्हालिसकेका छन् ।

    त्यस्तै उनले बेलायतस्थित चिनियाँ दूतावासमा समेत काम गरिसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार