Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • कैलालीमा हायस दुर्घटना हुँदा एक जनाको मृत्यु, ७ घाइते

    कैलालीमा हायस दुर्घटना हुँदा एक जनाको मृत्यु, ७ घाइते

    अनलाइन नेपाल
  • शनिबार, १६ पुष २०७९
  • 483
    SHARES

    फाइल तस्विर

    धनगढी । कैलालीमा हायस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार बिहान जिल्लाको गौरीगंगामा हायस दुर्घटना भएपछि एकको मृत्यु र ७ जना घाइते भएका हुन्।

    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गौरीगंगा नगरपालिकास्थित वडा नम्बर ६ वनवेहडामा हायस दुर्घटना भएको हो।



    कञ्चनपुरको महेन्द्रनगरबाट लम्कीतर्फ गैरहेको गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ज ४०६ नम्बरको हायस दुर्घटना भएको हो। दुर्घटनामा लम्की–चुहा नगरपालिका वडा नम्बर १ की ७३ वर्षीया कर्मा प्याकुरेलको मृत्यु भएको प्रहरीले जनाएको छ।



    यस्तै, दुर्घटनाका घाइतेहरुलाई सेती प्रादेशिक अस्पताल र मायामेट्रो अस्पतालमा उपचारका लागि पठाइएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

    हायस आफैँ अनियन्त्रि भई सडकको नालीमा पल्टिएको बताइएको छ। घाइतेहरू ५ जनाको अवस्था मध्यम र २ जना सामान्य रहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार