Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • २०० अर्ब डलर गुमाउने पहिलो व्यक्ति बने ट्विटरका मालिक इलोन मस्क

    २०० अर्ब डलर गुमाउने पहिलो व्यक्ति बने ट्विटरका मालिक इलोन मस्क

    अनलाइन नेपाल
  • आइतबार, १७ पुष २०७९
  • 516
    SHARES

    एजेन्सी । टेस्ला तथा ट्विटरका मालिक इलोन मस्क २०० अर्ब डलर गुमाउने संसारका पहिलो व्यक्ति बनेका छन् । ब्लूमबर्ग बिलिनेयर इन्डेक्सका अनुसार, सन् २०२१ मा मस्कको व्यक्तिगत सम्पत्ति २०० अर्ब डलरभन्दा बढी थियो ।

    त्यतिखेर उनले अमेजनका मालिक जेफ बेजोसलाई पनि पछारेका थिए । पछि उनको नेटवर्थ ३०० अर्ब डलर पुगेको थियो । टेस्लाका शेयरहरू घटेपछि मस्कको कुल सम्पत्ति १३७ अर्ब डलरमा आइपुगेको छ ।



    डिसेम्बर २७ मा टेस्लाका शेयरहरूमा ११ प्रतिशतसम्मको गिरावट आएको छ । टेस्लाले आफ्ना दुई लोकप्रिय मोडलहरूका लागि वर्षको अन्त्यसम्म ७५ सय डलर छुट दिएको थियो ।



    अनि उसको शाङ्हाई प्लान्टको उत्पादनमा पनि कमी आएको छ । त्यसले मस्कलाई घाटा लागिरहेको हो । कुनै समयमा मस्कको सम्पत्ति ३४० अर्ब डलर पुगेको थियो । उनी एक वर्षभन्दा बढी समय संसारका सबभन्दा धनी व्यक्ति बनेका थिए ।

    तर डिसेम्बरमा फ्रान्सेली व्यापारी बर्नार्ड अर्नाउ मस्कलाई पछि पारेर सबभन्दा धनी मानिस बनेका छन् । मस्कले केही दिनयता टेस्लाका शेयरहरू लगातार बेचिरहेका छन् ।

    सन् २०२२ मा मात्र टेस्लाका शेयरहरू ६५ प्रतिशतभन्दा बढी झरिसकेका छन् । वर्षको आरम्भमा लगभग ४०० डलर शेयर रहेकोमा अहिले झरेर १२५ डलर पुगेको छ । कम्पनीको मार्केट भ्याल्यु १० खर्ब डलर रहेकोमा अहिले त्यो झरेर ४९५ अर्ब डलरमा आइपुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार