Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आणविक हतियारको संख्या बढाउने किम जोङ उनको घोषणा

एजेन्सी । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आणविक हतियारको संख्या बढाउने बताएका छन् ।

सत्तारूढ वर्कर्स पार्टीको एक बैठकमा किमले दक्षिण कोरिया र अमेरिका जस्ता मुलुकहरूबाट उत्तरलाई तेर्सिने राष्ट्रिय जोखिमबाट प्रतिरक्षा गर्न विशाल सैन्य शक्ति आवश्यक रहेको बताएका हुन् ।

ती दुई मुलुकले उत्तरलाई एक्ल्याउन र ठिंगुर्‍याउन चाहेको किमको भनाइ छ । दक्षिण कोरियाको भूमिमा अमेरिकाले आणविक हतियार ल्याएर राखेको सन्दर्भमा उनले यो टिप्पणी गरेका हुन् ।

यो परिस्थिति मानव इतिहासकै अभूतपूर्व भएको उनको भनाइ छ । उनले दक्षिण कोरियालाई आफूहरूको शत्रु भनी वर्णन गरे । दक्षिणले बुद्धिहीन तथा खतरनाक रूपमा हतियार विकसित गरिरहेको उनको भनाइ छ ।

सन् २०२२ को समीक्षा गर्ने ६ दिने पूर्ण सत्रको अन्तिम दिनमा नयाँ वर्षको पूर्वसन्ध्यामा बोल्दै किमले दक्षिण कोरिया ‘निःसन्देह शत्रु’ बनेको र यसको मुख्य सहयोगी अमेरिकाले उत्तरमाथि ‘अधिकतम’ दबाब बढाएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077