Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आखेटोपहारको अवैध ओसारपोसार मुद्दाका फरार अधिकारी पक्राउ

काठमाडौं । प्रहरीले दुर्लभ वन्‍यजन्तुको छाला (आखेटोपहार)को अवैध ओसारपोसार मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका-९, काठमाडौंका ५५ वर्षीय रुद्रनाथ अधिकारी रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई मच्छेगाउँबाट उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएको छ ।

काठमाडौं जिल्ला अदालतले उनीमाथि २०७९ कार्तिक २७ गते दुर्लभ वन्‍यजन्तुको छाला (आखेटोपहार)को अवैध ओसारपोसार मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077