Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि तत्काल दूधको मूल्य वृद्धिमा रोक

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को निर्देशनमा दूधको मूल्य वृद्धिमा रोक लगाइएको छ ।

उपभोक्ता संरक्षण मञ्चले प्रधानमन्त्री समक्ष उजुरी गरेपछि उक्त उजुरीको सुनुवाई गर्दै प्रचण्डको निर्देशनमा दूधको मुल्यवृद्धि नगर्न राष्ट्रिय दुग्ध विकास बोर्डले सुचना प्रकाशन गरेको हो ।

आइतबार बोर्डले सम्बद्ध पक्षसँग छलफल गरेर वृद्धि गरिएको दूधको मूल्य लागू नगर्न भनेको छ । लागत मूल्य बढेको भन्दै दुग्ध व्यवसायीहरुले प्रतिलिटर १४ रुपैयाँसम्म वृद्धि गरेका थिए ।

तर आइतबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. दीपकुमार खरालसहित सम्बद्ध निकायका पदाधिकारीहरुको बैठकले अध्ययनमार्फत उचित मूल्य कायम गर्ने भन्दै बढेको मूल्य घटाउन निर्देशन दिएको दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवले जानकारी दिए।

बोर्डले दूध उत्पादन लागत मूल्य, बजार मूल्यको वृद्धि तथा उपभोक्ता क्रयशक्ति समेतका आधारमा नयाँ मूल्य कायम गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077